Technology Khabar १३ असार २०७८, आईतवार
काठमाडौं ।
म्यानुअल रूपमा साइन अप गर्ने समय र प्रयास बचत गर्न धेरै एपहरूले प्रयोगकर्ताहरूलाई आफ्नो गुगल खाताहरूमा लग इन गर्न अनुमति दिन्छन्। यद्यपि माइक्रो ब्लगिङ्ग साइट ट्विटरमा यो सुविधा छैन।
हालै रिभर्स इञ्जिनियर जेन म्यानचुन वोंगले पत्ता लगाएअनुसार ट्विटरले आफ्नो एपमा गुगल साइन इन सक्षम गर्ने बारेमा विचार गरिरहेको छ। वोंगले आफ्नो ट्विटर एकाउन्टमा यस सुविधाको स्क्रिनशट साझेदारी गरेकी छिन् जसले साइन अप र लगइनको अतिरिक्त ‘कन्टिन्यू विथ गुगल’ बटन देखाउँदछ।
यस बटनले प्रयोगकर्ताहरूलाई उनीहरूको गुगल खाताबाट हालको ट्विटर खातामा लिंक गर्न वा नयाँ खाता सिर्जना गर्न वा गुगल खाताको रूपमा उही विवरणको साथ ट्विटरमा लग इन गर्न अनुमति दिनेछ।
Twitter is working on Google Sign-In integration pic.twitter.com/XYePmfZQY8
— Jane Manchun Wong (@wongmjane) June 24, 2021
तर यो सुविधा सबै प्रयोगकर्ताहरूको लागि कहिले कम्पनीले लाइभ बनाउनेछ भनेर जानकारी छैन। विभिन्न सेवाहरू र एपहरूमा साइन इन गर्न यो अधिक सुविधाजनक तरीका हो, तरपनि यो फिचरमा केहि कमजोरीहरू छन्। उदाहरणको लागी, एक परिदृश्य जहाँ तपाईंको गुगल खातामा कम्प्रोमाइज गरीएको छ, तब आक्रमणकारीले तपाँईका कयौं सेवाहरू वा एपहरूमा पहुँच हुनेछ।
प्रकाशित: १३ असार २०७८, आईतवार