अनलाइनबाटै निःशुल्करुपमा मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस

  • Technology Khabar | १३ असार २०७८, आईतवार
अनलाइनबाटै निःशुल्करुपमा मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस

काठमाडौं ।

अनलाइनबाट विभिन्न तालिमहरु दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाटै निःशुल्क रुपमा मर्न स्ट्याक सिकाउने भएको छ ।

मर्न स्ट्याकको लागि निःशुल्क सेसन यहि असार १६ गतेदेखि १८ गते सम्म सञ्चालन हुनेछ।

यो सेसन बिहान १० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने छ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन सञ्चालन हुने ब्रोडवेले जनाएको छ ।

यसमा मर्न स्टयाकको फन्डामेन्टल्स, प्रोग्रामिङ टुल, फुल स्ट्याक डेभलपमेन्ट कन्सेप्ट, जाभास्क्रीप्ट ओपन सोर्स लाइब्रेरी कन्सेप्ट तथा अप्रोच बारे छलफल गरिनेछ ।

यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कम्पनीको दाबी छ ।

प्रकाशित: १३ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...