
काठमाडौं ।
छिमेकी देश भारतको जम्मू विमानस्थलको प्राविधिक क्षेत्रमा ड्रोनमार्फत विस्फोट गराईएको छ । विस्फोट हुँदा भारतीय एयरफोर्सका दुई जवान सामान्य घाइते भएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार त्यहाँ ५ मिनेटको अन्तरमा दुईवटा विस्फोट भएका थिए ।
स्रोतलाई उल्लेख गर्दै एएनआईले विस्फोटमा दुईवटा ड्रोनको प्रयोग गरिएको उल्लेख गरेको छ । कसले हमला गर्यो भन्ने पत्ता नलागे पनि विस्फोटको निसाना त्यहाँ राखिएको विमानलाई बनाइएको आशंका गरिएको छ ।
सो घटना शनिबार राति करिब १ बजेर ४५ मिनेट जाँदा भएको थियो । घटना भएको स्थानमा भारतीय वायुसेनाको स्टेसन हेडक्वार्टर पनि रहेको छ । निकै सुरक्षा सतर्कताका भएको भारतीय वायुसेनाको स्टेसनको स्थानमा विस्फोट भएको हो ।
भारतीय वायु सेनाले विस्फोटबाट भवनको छतमा सामान्य क्षतिमात्र पुगेको जनाएको छ।
प्रकाशित: १३ असार २०७८, आईतवार