
काठमाडौं ।
फोटो शेयरिङ्ग प्लेटफर्म इन्स्टाग्रामले पीसी डेस्कटप ब्राउजरबाट फोटो र भिडियो पोस्ट गर्ने क्षमता परीक्षण गर्दैछ।
इन्स्टाग्रामको डेस्कटप वेबसाईटमा नयाँ कार्यक्षमताले प्रयोगकर्ताहरूलाई मोबाइल एपहरूमा फिल्टरहरू प्रयोग गर्नर फोटोहरू सम्पादन गर्न तथा भिडियोहरूमा पनि त्यस्तै कार्य गर्न अनुमति दिन्छ।
पछिल्लो महिनाको रिपोर्टले यस सुविधालाई हाइलाइट गरेको थियो जब एक चर्चित टिपस्टरले डेस्कटप वेबसाइटबाट पोष्ट प्रकाशित गर्ने प्रक्रियाको केही स्क्रीनशटहरू लीक गरे। फेसबुकले त्यो सुविधा वास्तवमा परीक्षणमा रहेको ग्याजेट ३६०ले जनाएको छ ।
इन्स्टाग्रामको डेस्कटप वेबसाइटको लागि नयाँ कार्यक्षमता पहिलो पटकईन्साइडर म्याट नाभराले बाहिर ल्याएका थिए ।
एक फेसबुक प्रवक्ताले एक विज्ञप्तिमा भने, “हामीलाई थाहा छ कि धेरै व्यक्तिहरू आफ्नो कम्प्युटरबाट इन्स्टाग्राममा पहुँच गर्छन्। त्यो अनुभव सुधार गर्न, हामी अब तिनीहरूको डेस्कटप ब्राउजरको साथ इन्स्टाग्राममा फिड पोष्ट सिर्जना गर्ने क्षमताको परीक्षण गरिरहेका छौं।”
इन्स्टाग्राम वेबसाइटमा पोष्टहरू सिर्जना, सम्पादन र प्रकाशन गर्ने प्रक्रिया मोबाइल एपमा प्रयोगकर्ताले सामना गर्ने प्रक्रियासँग मिल्दोजुल्दो छ।
प्रकाशित: १२ असार २०७८, शनिबार