सञ्चार तथा सूचना प्रविधि मन्त्री नेम्वाङद्धारा पदभार ग्रहण

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री नेम्वाङद्धारा पदभार ग्रहण

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् ।

उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए । मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीले प्रविधिहरूलाई व्यवस्थित ढंगले तल तल पुर्याउनु जरुरी छ । टेलिफोन र सूचनाका सेवाहरुलाई सही ढंगले प्रसारित गर्न र व्यवस्थित गर्न जरुरी छ । त्यसलाई नियमन गर्नु जरुरी छ । सही सूचनाहरु नागरिकलाई सम्प्रेषण गर्नु जरुरी छ । त्यसको नियमन गर्न पनि त्यत्तिकै जरुरी छ । दुर्गम क्षेत्रमा हाम्रा कम्युनिकेशनका सेवाहरुलाई पुर्याउनु जरुरी छ । डिजिटल नेपाल फ्रेमवर्कको कुरालाई एउटा प्याकेजमा पुरा गर्न जरुरी छ ।’

मन्त्री नेम्वाङले जनतालाई शान्ति, सुरक्षा दिलाउने, जनताको जीउधन र हक अधिकारलाई व्यवस्थित गर्ने र सूचना प्रविधिमैत्री बनाएर मुलुकलाई उच्च खालको नागरिकमा रुपान्तरण गर्ने अभियानमा एक इन्च पनि तलमाथि नपरी दृढ विश्वासको साथ पुरा गरेर छाड्ने पनि बताए।

उनले प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहको  सहकार्यमा आउन सक्ने बाधा अड्चन फुकाउने लगायतमा सहयोगी हुने बताए।

मन्त्री नेम्वाङले आजै कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यसबीचमा उनले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए।

कार्यक्रममा सन्चार सचिव हरिप्रसाद बस्यालले समग्र सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सचिवस्तरीय एकिकृत सञ्चार तथा सूचना प्रविधि नीति तर्जुमा समिति गठन भएको जानकारी समेत दिएका थिए ।

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • ११ असार २०७८, शुक्रबार