
काठमाडौं ।
एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।
२०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिने जनाएको छ ।
यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था गर्ने बैंकले जनाएको छ।
‘टिकटक भिडियो च्यालेन्ज’ मा सहभागी हुनको लागि सहभागीले बैंकको आधिकारिक टिकटक पेज फलो गर्नुपर्नेछ । सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्ने जनाएको छ ।
अपलोड भएका ६ वटा थिमका भिडियोहरू मध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एक वटा भिडियो विजयी हुनेछन् ।
विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित: ११ असार २०७८, शुक्रबार