
काठमाडौं ।
खल्ती डिजिटल वालेटले यही असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी) निःशुल्क एपिआई “API” उपलब्ध गराउने भएको छ । महामारीको बिचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो ।
यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ । व्यवसायीहरुले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने भएको छ । यो सेवा यही असार महिना भित्र खल्तीसंग सम्झौता गर्ने मर्चेन्टहरुको हकमा लागु हुने जानकारी दिएको छ ।
आफ्नो मर्चेन्ट ड्यासवोर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । अब खल्ती एसडीके/एपिआई बाट मर्चान्टहरुले सजिलै ईबैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।
उक्त विषयमा खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले भने, “हामीले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदान गरि वहाँहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ । खल्तीलाई इन्टीग्रेट गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरुको रोजाइमा पर्ने कुरामा हामी विश्वस्त छौँ । उद्यमीहरुलाई बढी भन्दा बढी सहुलियत र सुविधा दिनु नै खल्तीको अठोट रहेको छ” ।
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार