कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

  • Technology Khabar | ३१ जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहे संगै अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।

जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार