
काठमाडौं ।
नेपाली पब्जी टिम डिआरएस गेमिङले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ मा तेस्रो स्थान हात पारेकोछ । टिमले साथमा १८ हजार डलर अर्थात करिब २१ लाख रुपैयाँ अवार्ड समेत जितेको छ ।
बिहीबारदेखि शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको थियो ।
प्रतियोगितामा मंगोलियन टिम अस्त्र एकेडेमीले उपाधि जितेको छ र सो टिमले ४० हजार अमेरिकी डलर हात पारेकोे छ । मंगोलियाकै जिउस् इम्पोर्ट्स दोस्रो स्थानमा आउँदै २८ हजार डलर जित्न सफल भएको छ ।
प्रतियोगितामा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको थियो । यो पुरस्कारको राशि मोबाइल इस्पोर्टसको इतिहासमै उच्च हो ।
प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये ७ वटा टिम नेपालबाट सहभागी रहेका थिए । जसमा डिआरएस गेमिङ बाहेक अन्य नेपाली टिमहरुमा सेभेन सी स्पोर्ट्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट्ज गेमिङ रहेका छन् ।
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार