कोभिड लकडाउनको अवधिमा बच्चाहरूको मनपर्ने प्लेटफर्म भए युट्यूब, ह्वाट्सएप र टिकटक

  • Technology Khabar | ३१ जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

कोभिड महामारीको कारणले, सन् २०२० धेरै हिसाबले कठिनाईहरूले भरिएको थियो। जसले गर्दा विश्वभर वयस्कहरूसँगका साथमा केटाकेटीहरू पनि लकडाउनको बीचमा घरमै बन्द रहन बाध्य भएका थिए ।

अनलाइन कक्षापछि, इन्टरनेट बच्चाहरूको मनोरन्जनको साधन भएको थियो । हालै एउटा अध्ययन रिपोर्ट आएको छ जसले बताउँछ कि बच्चाहरूले गत वर्ष उनीहरूको फुर्सदको समय कसरी र कहाँ बिताएका थिए भनेर ।

कास्पर्स्कीको सेफ किड्स अध्ययनका अनुसार बालबालिकाहरूको रुचि सफ्टवेयर, अडियो, भिडियो र ईकमर्स जस्ता क्याटगरीहरूमा वृद्धि भएको छ, जबकि यो इन्टरनेट संचार मिडिया र कम्प्युटर गेम जस्ता क्याटगरिहरूमा कम भएको छ । यूट्यूब, ह्वाट्सएप र टिकटक जस्ता एपहरू यस समयमा बच्चाहरू माझ सबैभन्दा लोकप्रिय थिए।

लोकप्रिय कोटीहरूः

४४.३ प्रतिशत स्कोरको साथ सफ्टवेयर, अडियो, भिडियो सबैभन्दा लोकप्रिय कोटीमा थियो । यो पछि दोस्रो र तेस्रो स्थानमा इन्टरनेट संचार मिडिया २२.०८ प्रतिशत र कम्प्युटर गेम १३.७६ प्रतिशत क्रमशः पछि आएको थियो।

प्रमुख एपहरूः

अध्ययनका अनुसार, युट्युब बच्चाहरू माझ सबैभन्दा लोकप्रिय एप भएको थियो। ह्वाट्सएप दोस्रो नम्बरमा छ र टिकटक तेस्रो नम्बरमा रहेको छ।

लोकप्रिय खेलहरुः

बच्चाहरू बीचमा शीर्ष १० एपहरूमा चार गेम्स पनि समावेश गरिएको थियो। यसमा ब्राल स्टार्स, रोब्लक्स, एमङ्ग यूएस र माइनक्राफ्ट छन्। विश्वव्यापी तथ्याङ्कका अनुसार, भिडियो गेम कोटीमा मिनीक्राफ्ट २२.८४ प्रतिशतका साथमा सबैभन्दा ट्रेण्ड भएको थियो, जुन बाँकी खेलहरू भन्दा अगाडि छ । फोर्टनाइट ६.७३ प्रतिशतसहित दोस्रो नम्बरमा थियो, एमङ्ग यूएस तेस्रोमा, ब्राल स्टार्स चौथो र रोब्लक्स पाँचौंमा छ।

कार्टुनहरू:

कार्टुनले भिडियो वर्गमा प्रभुत्व जमायो। अध्ययनका अनुसार, भिडियो सर्चमा ५०.२१ प्रतिशत खोजी कार्टुनहरूको लागि थिए। लोकप्रिय कार्टुनहरुमा लेडी बग एण्ड सुपर क्याट, ग्रेभिटी फल्स तथा पेप्पा पिग छन्।

भिडियोहरूः

भिडियो खोजमा टेलिभिजन शोहरु दोस्रो स्थानमा छ । बच्चाहरू बीच अंग्रेजीमा द भ्वाइस किड्स सबैभन्दा बढी खोजी गरिएको शो थियो। सबैभन्दा लोकप्रिय चलचित्रहरू र टिभी श्रृंखलाहरूमा गोडजिला भर्सेज कङ्गको ट्रेलर, जाच स्नाइडरको जस्टिस लिग र डिज्नी प्लसको वानडाभीजनको ट्रेलर समावेश छ । नेटफ्लिक्समा बच्चाहरूले सबैभन्दा धेरै कोब्रा काई र स्ट्रेन्जर थिङ्गसको लागि खोजी गरे। एजेन्सी

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया