बिटक्वाइन कन्फ्रेन्स २०२१ का केही सहभागीमा इभेन्टबाट फर्कँदा कोरोना संक्रमण पुष्टि

  • Technology Khabar | २८ जेष्ठ २०७८, शुक्रबार
बिटक्वाइन कन्फ्रेन्स २०२१ का केही सहभागीमा इभेन्टबाट फर्कँदा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।

गत शुक्रबार इतिहासकै सबैभन्दा ठूलो बिटक्वाइन इभेन्टका लागि मायामी उडेका लगभग १२ हजार जनामध्ये केहीमा फर्कँदा कोरोना संक्रमण देखिएको छ।

बिटक्वाइन २०२१ इभेन्टमा क्रिप्टोकरेन्सीमा चासो राख्ने विश्वका थुप्रै व्यक्तिहरु मायामीमा रहेको माना विनवुड सम्मेलन केन्द्रमा जम्मा भएका थिए। तीन दिनसम्म चलेको उक्त इभेन्टमा सम्मेलन केन्द्र खचाखच भरिएको थियो।

यो इभेन्ट कोरोना महामारी शुरु भएयताकै सबैभन्दा ठूलो इभेन्टमा सहभागीहरुले आफू आफ्ना साथीभाइसँग समाचार तथा अपडेट लिँदै घुम्न आउन पाएकोमा खुशी लागेको बताए।

उक्त इभेन्टमा भाग लिनका लागि मास्क लगाउनु वा खोप लगाएको प्रमाण देखाउनु अनिवार्य गरिएको थिएन। इभेन्टपछि मायामीबाट फर्किएका केही सहभागीहरुले ट्विटरमा आफूलाई कोरोना पोजिटिभ देखिएको पोस्ट गरेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार