राष्ट्रिय साइबर सुरक्षा नीतिको सीएसआरआईद्वारा स्वागत, संस्थाको तर्फबाट सुझाब पेश

  • Technology Khabar | २८ जेष्ठ २०७८, शुक्रबार
राष्ट्रिय साइबर सुरक्षा नीतिको सीएसआरआईद्वारा स्वागत, संस्थाको तर्फबाट सुझाब पेश

काठमाडौं ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई) ले हालै सरकारले सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ को मस्यौदाको स्वागत गरेको छ ।

सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको यस विषम परिस्थितिमा डिजिटल नेपाल निर्माणलाई थप सबल बनाउन नेपाल सरकारको राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ को मस्यौदा आउनु स्वागतयोग्य रहेको बताएको हो ।

सो मस्यौदा बारेमा संस्थाले आफ्नोतर्फबाट रष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ को मस्यौदामा राय सुझाव तयार पारेर बुझाएको जनाएको छ । तर संस्थाले के कस्ता राय सुझाबहरु पेश गरेको हो भन्ने बारेमा भने जानकारी दिएको छैन् ।

उक्त राय सुझाव संकलनका लागि संस्थाका अध्यक्ष प्राडा सुवर्ण शाक्य, निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी र महासचिव ई शालीग्राम पराजुली सहभागी थिए । साथै सो टिममा उपाध्यक्ष मिलनराज नेपाली, उपाध्यक्ष रोजाकिरण बासुकल, शिला कंसाकार कार्की, रेगबहादुर भण्डारी, तेज प्रसाद धमला, गंगा भण्डारी र आभास अधिकारी रहेको संस्थाले उल्लेख गरेको छ ।

नेपाल सरकारलाई सूचना प्रविधि क्षेत्रमा तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने सम्पूर्ण खालका सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा सम्बन्धी कार्यक्रमको लागि आवश्यक सूचना प्रविधि विशेषज्ञ जनशक्तिहरु उपलब्ध गराई समर्थन, सहकार्य तथा सहयोग गर्न यस संस्था सदैव तयार रहेको प्रतिवद्धता समेत जनाएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार