
काठमाडौं ।
विश्लेषण संस्था गार्टनरका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वमा स्मार्टफोनको बिक्री २६ प्रतिशतले बढेको छ। यो आँकडाका हिसाबले बर्सेनि वृद्धि २२ प्रतिशतको देखिएको छ।
विश्वमा महामारी मत्थर हुँदै जाँदा ग्राहकहरुले नयाँ स्मार्टफोन किन्ने प्रवृत्ति बिस्तारै बढेकोले यो परिमाणको वृद्धि हुन सहयोग पुगेको संस्थाको विश्लेषण छ।
तर मोबाइल फोनको बिक्री पुरानो लयमा फर्किसकेको पनि छैन र यसका सूचकहरु २०१९ सालको तहमा पुगेका पनि छैनन्।
अनुसन्धानको रिपोर्टअनुसार यस वर्षको पहिलो त्रैमासमा सामसङ २०.३ प्रतिशत बजार हिस्साका साथ अग्रणी स्थानमा रह्यो भने उसले यो अवधिमा ७ करोड ६६ लाख थान स्मार्टफो बेच्यो। यसैगरी ५ करोड ८५ लाख डिभाइस बेच्दै एप्पल दोस्रो स्थानमा रह्यो।

४ करोड ८९ लाख थान स्मार्टफोन बिक्रीसहित १२.९ प्रतिशत बजार हिस्सा ओगट्दै शाओमी यो सूचीको तेस्रो स्थानमा रहन सफल भएको छ।
चाैथो र पाँचाैं स्थानमा पनि चिनियाँ ब्रान्ड नै रहेका छन्। यी दुई ब्रान्डले यो अवधिमा ३ करोड ८० लाख थान स्मार्टफोन बेच्न सफल भएका छन्।
प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार