सञ्चार मन्त्रालयको जिम्मा नैनकला थापालाई दिईँदै, आजै शपथ ग्रहण हुने

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
सञ्चार मन्त्रालयको जिम्मा नैनकला थापालाई दिईँदै, आजै शपथ ग्रहण हुने

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा नैनकला थापालाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज पुर्नगठन गर्न लागेको मन्त्रिपरिषद्मा पूर्वमाओवादी समूहबाट नैनकला थापाले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई उदृत गर्दै आज ४ बजेपद तथा गोपनीयताको सपथ ग्रहणको तयारी भएको लुम्बिनी सञ्चारले उल्लेख गरेको छ । ‘नवनियुक्त मन्त्रीहरुको नाम बाहिर सार्वजनिक भएको वरीपरी नै छ । ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहणको तयारी भएको छ,’ थापाले भने ।

नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेका छन् । यसअघिको पुर्नगठनमा सञ्चार मन्त्री पार्वत गुरुङलाई उनले हटाएका थिए ।

प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गर्न लागेका हुन् ।

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...