
काठमाडौं ।
अमेरिकाले लिथियम आयन ब्याट्रीहरूको लागि घरेलु आपूर्ति श्रृंखला निर्माण गर्ने योजनाको घोषणा गरेको छ, जुन विद्युतीय सवारी र नवीकरणीय उर्जाका लागि महत्वपूर्ण छ।
यसको नयाँ लक्ष्य भनेको लगभग सबै कुरा गर्न सक्षम हुनु हो जसमा खनिजदेखि निर्माण र ब्याट्रीहरूको रिसाइक्लिङ्गसम्मका कार्यहरु पर्नेछ । यस दशकको अन्त्यसम्ममा यसको सिमाना भित्रका सबै कार्यहरु गरिने योजना लिएको छ । यदि यो योजना असफल भयो भने, अमेरिकाले आफ्नै जलवायु लक्ष्यहरू हासिल गर्न संघर्ष गर्न सक्छ र बढ्दो विद्युतीय वाहन उद्योगको प्रतिस्पर्धामा पछि पर्न सक्छ।
अमेरिकी उर्जा विभागले मगलबार एक ‘राष्ट्रिय खाका’ जारी गर्यो जसले कसरी लिथियम ब्याट्री निर्माण गर्ने अमेरिकाको क्षमतालाई बृद्धि गर्ने भन्ने योजनाको रूपरेखा प्रस्तुत गरेको द भर्जले जनाएको छ ।
इलेक्ट्रोनिक्स र इलेक्ट्रिक सवारीहरूको लागि पहिलै नै ब्याट्रीहरूको माग आकाशिएको छ। बिजुली ग्रिडहरूलाई सौर्य र हावा उर्जाको बढ्दो मात्रामा समायोजन गर्न पनि ठूला ब्याट्रीहरू आवश्यक पर्दछ। यसको ब्लुप्रिन्टमा, उर्जा विभागले ब्याट्रीबाट संचालित जहाजहरू आकाशमा उडाउने योजना समेत राखेको छ ।
अहिले, अमेरिका विश्वव्यापी ब्याट्री उद्योगमा एक सानो खेलाडी मात्र हो। चीनले ब्याट्री निर्माण र खनिज आपूर्ति श्रृंखलाहरू दुबैमा प्रभुत्व जमाउँछ। अहिलेको अवस्थामा अमेरिकाले २०२८ सम्ममा सडकमा गुड्ने विद्युतीय सवारी साधनहरूको लागि लिथियम-आयन ब्याट्रीको आधा भन्दा कम माग गरिएको आपूर्तिको पुर्याउने आशा गर्न सक्छ।
प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार