नेपाल टेलिकमको फोरजी भीओएलटीई सेवा अब आईफोनमा समेत उपलब्ध

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं ।

नेपाल टेलिकमले शुरु गरेको फोरजी भीओएलटीई सेवा अब आईफोनमा समेत उपलब्ध भएकोछ ।

कम्पनीले हालै आईफोनका सबै मोडलहरुमा फोरजी भीओएलटीई सेवा चलाउन सकिने जानकारी दिएको हो ।

कम्पनीले आईफोनहरुमा फोरजी भीओएलटीई सेवा परीक्षण गरेर सेवा उपलब्ध भएको जानकारी दिएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हालै सामाजिक सञ्जाल ट्विटरमार्फत आईफोनमा फोरजी भीओएलटीई सेवा उपलब्ध भएको जानकारी दिएका छन् ।

उनले यसअघि नै एप्पलसँग यसको लागि सहकार्य गरेको जानकारी दिए । ‘हामीले केहि समय अगाडिदेखि परीक्षण गरिरहेका थियौं र अब सबै आईफोन यूजरहरुले सो सेवा प्रयोग गर्न सक्ने भएका छन् ,’ उनले भने ।

आईफोन यस बाहेक कम्पनीको सूचीअनुसार सामसङ, शाओमी र नोकियाका सिमित मोडलहरुमा फोरजी भीओएलटीई सेवा उपलब्ध रहेको छ ।

यो पनि हेर्नुस्-

किन चलेन तपाईँको मोबाइल फोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा ? यस्तो छ कारण

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया