फिटबिटले आफ्ना डिभाइसमा छिट्टै ‘स्नोरिङ डिटेक्शन’ फिचर थप्ने

  • Technology Khabar | १८ जेष्ठ २०७८, मंगलवार
फिटबिटले आफ्ना डिभाइसमा छिट्टै ‘स्नोरिङ डिटेक्शन’ फिचर थप्ने

काठमाडौं ।

स्मार्ट फिटनेस ट्र्याकर कम्पनी फिटबिटले छिट्टै नै आफ्ना डिभाइसहरुमा स्नोरिङ डिटेक्शन अर्थात् घुर्ने समस्याका बारेमा अनुगमन गर्ने फिचर थप्ने बुझिएको छ।

यस फिचरमार्फत् सुत्दा घुरेर हैरान पार्ने तथा घुर्नुलाई स्वास्थ्यसँग जोडेर हेर्नेहरुका लागि विशेष फाइदा पुग्ने कम्पनीको अपेक्षा छ।

९टू५गुगलमा आएको एक रिपोर्ट अनुसार गुगल प्लेस्टोरमा फिटबिट एपको अत्याधुनिक भर्सन केलाउने क्रममा उक्त फिचरले फिटबिटको माइक्रोफोनका माध्यमबाट वरिपरीका आवाजका साथमा निदाएपछि घुरेको पनि सुन्न मद्दत गर्छ।

यो फिचरको नकारात्मक पक्ष भनेको यसले डिभाइसको ब्याट्री धेरै खपत गर्छ भने डिभाइसको स्लीप ट्र्याकरलाई रातभरी आवाज पनि अनुगमन गर्न लगाउनु त्यतप व्यवहारिक नहुन सक्ने आकलन गरिएको छ।

९टू५गुगलका अनुसार यस फिचरको नाम स्नोर एन्ड नोइज डिटेक्ट रहनेछ र यसले यूजर र उसँगै रहेको व्यक्तिको घुर्ने लगायत आवाजहरु अनुगमन गर्नेछ। यसले आवाजको स्तर नापेर सामान्य आवाज हो कि घुरेको हो भन्ने निर्क्योल गर्नेछ।

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • १८ जेष्ठ २०७८, मंगलवार