गुगललाई प्लेटफर्मबाट प्रतिबन्धित सामग्रीहरु हटाउन रसियाको २४ घण्टे अल्टिमेटम

  • Technology Khabar | ११ जेष्ठ २०७८, मंगलवार
गुगललाई प्लेटफर्मबाट प्रतिबन्धित सामग्रीहरु हटाउन रसियाको २४ घण्टे अल्टिमेटम

काठमाडौं ।

सोमबार रसियाको कम्युनिकेसन वाचडगले गुगललाई २४ घण्टा दिँदै निषेधित सामग्री हरु हटाउन आदेश दिएको छ । सो पालना नगरेमा जरिवाना लगाइने चेतावनी दिएको छ । यदि यी पालना नभएमा मस्कोले अन्ततः देशभित्र कम्पनीको ट्राफिकलाई सुस्त बनाउन सक्नेछ ।

पश्चिमी टेक जायन्ट कम्पनीहरु माथि लगाम लगाउन र आफ्नो इन्टर्नेटलाई ‘सार्वभौम’ भएको भन्ने कुरालाई जोड दिन मस्कोले यसअघि नै प्रतिबन्धित सामग्री नहटाएको भन्दै अमेरिकी सामाजिक नेटवर्क ट्विटरको ट्राफिकलाई सुस्त गरिसकेको छ।

वाचडग, रोस्कोमनाड्जोरले भने कि यसले अवैध जानकारी हटाउनका लागि गुगललाई २६ हजार भन्दा बढी कल पठाएको छ, यसमा हटाउन भनिएको विषयहरुमा ड्रग्स वा हिंसा सम्बन्धी सामाग्री, गैर कानूनी कन्टेन्ट एक्स्ट्रिमिस्ट संगठनहरुको सामग्री सम्बन्धी जानकारी सहितको भिडियो समावेश छ।

‘गुगलले प्रतिबन्धित जानकारीमा एक्सेस नरोकेमा ८ लाख रुबल देखि ४० लाख रुबल बीच जरिवाना गरिनेछ,’ रोस्कोमनाडजोरले भन्यो ।

यस्तो कार्य दोहोर्याएर हुने अपराधमा कम्पनीको कुल वार्षिक राजस्वको १० प्रतिशतसम्म जरिवाना लगाईने भनिएको छ। एजेन्सी

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार