प्यालेस्टाइन समर्थकहरुले १ स्टार रेटिङको अभियान चलाएपछि फेसबुक एपको र्यांकिङमा गिरावट

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार
प्यालेस्टाइन समर्थकहरुले १ स्टार रेटिङको अभियान चलाएपछि फेसबुक एपको र्यांकिङमा गिरावट

काठमाडौं ।

प्यालेस्टाइन समर्थकहरुले सामाजिक सञ्जालमा अभियान चलाएपछि एप्पल र एन्ड्रोइड एप स्टोरमा फेसबुकको र्यांकिङ निकै घटेको छ।

प्यालेस्टिनीहरुको एकाउन्टमा सेन्सरशिप लगाएका कारण उनीहरुले उक्त सामाजिक सञ्जालविरुद्ध १ स्टार रेटिङ दिएर विरोध गर्ने कार्यक्रम बनाएको बुझिएको छ।

एक रिपोर्टका अनुसार यसलाई फेसबुकले आन्तरिकरुपमा निकै प्राथमिकताका साथ हेरिरहेको छ।

फेसबुकका एक सफ्टवयर इन्जिनीयरले आफ्ना बोर्डसदस्यलाई आन्तरिक पेजमा प्यालेस्टिनी यूजरहरु नियन्तरण नै गर्न नसकिने गरी विरोध गरिरहेको मेसेज लेखेका छन्।

उनले यूजरहरुले १ स्टार रेटिङसहित विरोध गरिरहेको र कम्पनीले ती रेटिङहरु हटाउनका लागि गुगल र एप्पललाई आग्रह गरिसकेको थपेका छन्। यसमा एप्पलले हटाउन नमानेको तथा गुगलको जवाफ आउन बाँकी रहेको बुझिएको छ।

१ स्टार अभियानका कारण आइतबारसम्म आईओएस एप स्टोरमा फेसबुकको ५ मध्ये २.३ स्टार र्यांकिङमा झरेको थियो। गुगल प्ले स्टोरमा पनि २.४ स्टार र्यांकिङमा झरेको थियो।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार