मूल्य घट्दै गएकाले अब टेस्ला किन्दा बिटक्वाइनमार्फत् भुक्तानी नलिने मस्कको घोषणा

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
मूल्य घट्दै गएकाले अब टेस्ला किन्दा बिटक्वाइनमार्फत् भुक्तानी नलिने मस्कको घोषणा

काठमाडौं ।

टेस्लाका सीईओ एलन मस्कले केही समय अघि घोषणा गरेको टेस्लाका गाडी किन्दा बिटक्वाइनमार्फत् भुक्तानी गर्न सकिने प्रावधान तत्काललाई रोक्ने निर्णय गरेका छन्।

उनले डिजिटल मुद्राको मूल्यमा गिरावट आउन थालेपछि उनले यस्तो निर्णय गरेका बुझिएको छ।

बुधबार मस्कले ट्विटरमा बिटक्वाइन माइनिङ तथा कारोबारका लागि खनिज इन्धनको अत्यधिक प्रयोग हुन थालेकामा चिन्ता व्यक्त गर्दै माइनिङमा कम इन्धन प्रयोग गर्ने अन्य क्रिप्टोकरेन्सी भने भुक्तानीका लागि स्वीकार गर्न सक्ने बताएका छन्। तर कम्पनीसँग भएका बिटक्वाइन भने नबेच्ने पनि प्रस्ट पारेका छन्।

बिटक्वाइन एसियन ट्रेडिङमा १५ प्रतिशतले खस्केर ५० हजारभन्दा तल पुगेको छ। गिरावट आउन थालेपछि यो डिजिटल करेन्सी बेच्नेको भिड लागेको बताइन्छ।

मस्कको यो कदम उसले गएको फेब्रुअरीमा आफूले बिटक्वाइनमा डेढ अर्ब लगानी गरेको र टेस्लाको भुक्तानी पनि यसैमार्फत् लिने घोषणासम्बन्धमा आएको हो।

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार