हुण्डाईद्धारा ५० लाख बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

काठमाडौं ।

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख बराबरका कोविड–१९ उपचारका लागि आवश्यक पीपीईलगायत सामग्रीहरु प्रदान गरेको छ ।

कम्पनीले स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस ९कोविड–१९० को संक्रमण रोक्थाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । यसको मुल उदेश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीको भनाई छ ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैइाँ सहयोगका साथै फीभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया