डोनाल्ड ट्रम्पको नयाँ संचार प्लेटफर्मको एकाउन्ट पनि ट्विटरद्धारा निलम्बित

  • Technology Khabar | २४ बैशाख २०७८, शुक्रबार
डोनाल्ड ट्रम्पको नयाँ संचार प्लेटफर्मको एकाउन्ट पनि ट्विटरद्धारा निलम्बित

काठमाडौं ।

ट्विटरले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ संचार प्लेटफर्मबाट सेयर गर्न बनाईएको एकाउन्ट र पोष्टहरू निलम्बित गरेको छ।

एकाउन्टले ट्रम्पको तर्फबाट ट्विट गरेको दाबी गरेको छ। तर कम्पनीका प्रवक्ताले भने, एकाउन्ट डीजेटीडीस्क @DJTDesk ले ‘निलम्बित खातासँग सम्बद्ध’ सामग्रीहरु साझा गरेर प्रतिबन्धित चोरी नीतिको उल्लंघन गरेको छ।’

तर यस्तै खाताहरू अझै पनि सोशल मिडिया प्लेटफर्ममा सक्रिय रहेको फेला पारेको बीबीसीले जनाएको छ । अमेरिकी क्यापिटलमा हमला गर्ने दंगा गर्नेहरूलाई समर्थन जनाएपछि ट्रम्पलाई जनवरीमा ट्विटरबाट स्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो।

ट्रम्पले मंगलबार आफ्नो कम्युनिकेसन प्लेटफर्म सुरू गरे जसलाई- ‘डोनाल्ड जे ट्रम्पको डेस्कबाट’ शीर्षक दिईएको छ। ट्विटरले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ संचार प्लेटफर्मबाट पोष्टहरू सेयर गर्ने एकाउन्ट निलम्बित गरेको हो।

ट्विटरले बताएअनुसार ट्रम्पको नयाँ वेबसाइटबाट सामग्री साझा गर्न एकाउन्टहरूलाई अनुमति दिन्छ, तर यसले व्यक्तिलाई प्रतिबन्धित सामाग्रीहरु सेयर गर्ने अनुमति दिदैन।

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...