सोनीको स्मार्टफोन व्यापार पहिलो त्रैमासमा नाफामा, ४ वर्षपछि आश्चर्यचकित नतिजा

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
सोनीको स्मार्टफोन व्यापार पहिलो त्रैमासमा नाफामा, ४ वर्षपछि आश्चर्यचकित नतिजा

काठमाडौं ।

लोकप्रिय स्मार्टफोन ब्राण्ड एलजीले मोबाइल बजार छोडेपछि, बजारबाट बाहिर निस्कने तयारीमा अर्को प्रतिद्वन्द्वी कम्पनी सोनी थियो, जसको व्यवसायले सन् २०१७ देखि पैसा गुमाउँदै छ। कम्पनीले आफ्नो फोन व्यवसायबाट निरन्तर घाटा व्योहोरिरहेको थियो भने व्यवसाय के होला भन्ने अवस्थामा थियो ।

यद्यपि २०२० वित्तीय वर्षको नयाँ रिपोर्ट कम्पनीले सार्वजनिक गरेको छ र यसले नयाँ आशा देखाएको छ ।

सन् २०१९ को ३२ लाख बिक्रीको तुलनामा घटेर स्मार्टफोनको बिक्री २९ लाखमा सिमित भएको भए पनि सोनीले नाफा कमाउन सफल भयो र ४ बर्षमा पहिलो पटक २७.७ अर्ब येन कमायो। सोनीको लागि स्थिति आश्चर्यचकित भयो, जसले यस वर्षको नतिजालाई ‘सबै अपेक्षाहरू भन्दा बढी’ भनेको छ।

कसरी कम्पनीले कम आपूर्तिबाट नाफा कमायो भन्ने प्रश्नको उत्तरमा सम्बन्धित लागतहरू कम गर्ने र उपकरणहरूको औसत बिक्री मूल्य बढाउने हो । कम्पनीले आफ्ना फोनहरुको मूल्य थोरै बढाएको र यसले औसत बिक्री मूल्य बढाउने बताएको थियो ।

यद्यपि सोनीले २०२१ मा बिक्रीका लागि कुनै पूर्वानुमान नगर्ने नीति रोजे पनि हालसालै सोनी एक्सपेरिया १, ५ र १० को पहिलो नतिजा र सम्भव सफलता हामी अक्टुबरको अन्त्यमा पत्ता लगाउन सक्षम हुनेछौं, जब यस वर्षको दोस्रोको त्रैमासको रिपोर्ट प्रकाशित हुनेछ ।

अहिलेको अवस्थामा कोभिड १९ का कारण धेरै देशहरु अझै समस्यामा भएको बेला यसलाई एउटा सफलता भन्न सकिन्छ तर यो नै सोनीको एक्सपेरियाको सुधार र भविश्य हो भनेर भन्न सकिँदैन् ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार