रेडमी के४० गेमिङ फोन मंगलबार सार्वजनिक हुँदै, के के छन् विशेषता?

  • Technology Khabar | १३ बैशाख २०७८, सोमबार
रेडमी के४० गेमिङ फोन मंगलबार सार्वजनिक हुँदै, के के छन् विशेषता?

काठमाडौं ।

रेडमी के४० गेमिङ फोन संस्करण मंगलबार सार्वजनिक हुँदैछ। सार्वजनिक हुने पूर्वसन्ध्यामा यसका केही आधिकारिक विवरणहरु बाहिर आएका छन्।

विवरण अनुसार यसमा ६७ वाटको चार्जिङ सपोर्टसहितको ५०६५ एमएएचको ब्याट्री रहनेछ। यसबाट यो फोन ब्याट्री क्षमता र चार्जिङ स्पीडका अनुसार रेडमी के४० सिरिजको सबैभन्दा भरपर्दो डिभाइस रहेको बुझिएको छ।

यसबाहेक रेडमीले जेबीएल अडियोसँग साझेदारी गरेर के४० गेमिङ एडिशन जेबीएलको प्रविधियुक्त डुअल स्पीकर रहेको पहिलो स्मार्टफोन हुनेगरी ल्याउन लागेको बुझिएको छ।

साथमा यसले हाइ रेजोल्युशन अडियो तथा डल्बी एट्मस सपोर्ट गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

रेडमीको के४० गेमिङ एडिशनमा १२० हर्ज रिफ्रेश रेटसहितको ओएलईडी डिस्प्ले रहनेछ भने यसमा मिडियाटेकको शक्तिशाली डिमेन्सिटी १२०० चिपसेट दिइएको छ। गेमिङ एडिशन भएकोले यसमा शोल्डर ट्रिगर पनि राखिएको छ।

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार