क्यान इन्फोटेक २०२१ अर्को निर्णय नभए सम्मको लागि स्थगित

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
क्यान इन्फोटेक २०२१ अर्को निर्णय नभए सम्मको लागि स्थगित

काठमाडौं ।

क्यान महासंघले आगामी जेठ २ गतेसम्म आयोजना गर्ने तयारी गरेको क्यान इन्फोटेक २०२१ स्थगित गरेको छ।

क्यान महासंघले हालको कोभिड-१९ को दोश्रो लहरका कारण स्वास्थ्य सुरक्षा जोखिम बढेको र सरकारले समेत भिडभाड नगर्न भनेसँगै क्यान इन्फोटेक स्थगित गरेको जनाएको छ ।

महासंघका महासचिव नारायण थापाले आज विज्ञप्ती प्रकाशित गर्दै अर्को निर्णय नभएसम्मको लागि क्यान इन्फोटेक २०२१ स्थगित गरिएको बताएको छ।

यस्तो छ क्यान महासंघको विज्ञप्ती:

‘सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण यो पटक मिति २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको, कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२१ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्श तथा क्यान महासंघको मिति २०७८ साल बैशाख ५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरिएको छ ।’

त्यसैगरि क्यान इन्फोटेक २०२१ को तयारीको क्रममा सहयोग पुर्याउनुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्दै क्यान इन्फोटेक २०२१ स्थगितका कारण पर्न गएको असुविधा प्रति संबन्धित सबैसँग क्यान महासंघले क्षमा समेत मागेको छ ।

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार