शहरी क्षेत्रका विद्यालय एक महिना बन्द, अनलाइनबाट शैक्षिक गतिविधि अगाडि बढाउने

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
शहरी क्षेत्रका विद्यालय एक महिना बन्द, अनलाइनबाट शैक्षिक गतिविधि अगाडि बढाउने

काठमाडौं ।

सरकारले देशमा बढ्दै गएको कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै शहरी क्षेत्रमा वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ।

शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विद्यालय एक महिना विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय विद्यालय जाने उमेरका बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्न सार्वजनिक दवाब बढेको थियो ।

यसअघि नै स्वास्थ्य मन्त्रालयले १४ जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै सो क्षेत्रका शैक्षिक संस्था, सार्वजनिक स्थलहरु तथा बढी भिडभाड हुने क्षेत्र बन्द गराउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र९सीसीएमसी०लाई सिफारिस गरेको थियो । प्रभावित जिल्लामा काठमाडौं उपत्यकाका तीन जिल्ला सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।

सीसीएमसीले अघिल्लो साता नै विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । सीसीएमसीको सिफारिस अनुसार नै मन्त्रिपरिषदले एक महिना विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार