दुर्गम क्षेत्रमा फाइभजी सेवा पुर्याउन दक्षिण कोरियाका मोबाइल क्यारियरहरुले नेटवर्क साझेदारी गर्ने

  • Technology Khabar | ३ बैशाख २०७८, शुक्रबार
दुर्गम क्षेत्रमा फाइभजी सेवा पुर्याउन दक्षिण कोरियाका मोबाइल क्यारियरहरुले नेटवर्क साझेदारी गर्ने

काठमाडौं ।

दक्षिण कोरियाका तीन प्रमुख मोबाइल क्यारियरले नयाँ पुस्ताको नेटवर्कको रोलआउट द्रुत गतिमा गर्नको लागि फाइभजी नेटवर्कहरू साझेदारी गर्ने भएका छन् ।

दक्षिण कोरियाको साइन्स एण्ड आईसीटी मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार उनीहरुले दुर्गमको तटीय र फार्म शहरहरूमा फाइभजी नेटवर्कहरू साझेदारी गर्ने भएका हुन् ।

साइन्स एण्ड आईसीटी मन्त्रालयकाअनुसार मामोबाइल क्यारियरहरू एसके टेलिकम कम्पनी, केटी कर्पोरेशन र एलजी यूप्लस कर्पोरेशनले एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । जसले गर्दा ५जी प्रयोगकर्ताहरूले देशभरका १३१ दुर्गम स्थानहरूमा सदस्यता लिएका क्यारियर कम्पनीहरुको पर्वाह नगरी उच्च गतिको नेटवर्कमा पहुँच पाउन सक्नेछन् ।

योजना अन्तर्गत, फाइभजी प्रयोगकर्ताले त्यस्ता क्षेत्रहरूमा अन्य क्यारियर सञ्जालहरू प्रयोग गर्न सक्षम हुनेछ जहाँ उसको मोबाइल क्यारियरद्धारा सेवा पुर्याईएको छैन।

टेलिकम अपरेटरहरूले यस बर्षको अन्त्य हुनुअघि नेटवर्क शेयरिङ्ग प्रणालीको परीक्षण गर्नेछन र २०२४ सम्ममा चरणबद्धरुपमा पूर्ण व्यावसायिकरण गर्ने लक्ष्य राखेका छन्।

त्यस्ता छनौट गरिएका दुर्गम क्षेत्रहरू कम जनसंख्या भएका छन्, जहाँ प्रति वर्ग किलोमिटरमा ९२ व्यक्तिको जनसंख्या घनत्व रहेको छ ।

कोरियाको यो कदम राष्ट्रव्यापी ५जी कभरेज स्थापना गर्ने दौडको रूपमा आएको हो जहाँ मुख्य शहरहरूमा हालसालै नेटवर्क डिभाइसहरू स्थापना भएका छन्।

कोरियामा हाल १ करोड ३६ लाख भन्दा धेरै फाइभजी प्रयोगकर्ताहरु रहेका छन् । एजेन्सीका साथ

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार