पाकिस्तानमा सबै सोशल मिडिया सेवाहरूमाथि प्रतिबन्ध

  • Technology Khabar | ३ बैशाख २०७८, शुक्रबार
पाकिस्तानमा सबै सोशल मिडिया सेवाहरूमाथि प्रतिबन्ध

काठमाडौं ।

पाकिस्तानमा सोशल मिडिया सेवाहरूलाई प्रतिबन्धित गरिएको छ। यसमा फेसबुक, ट्विटर, व्हाट्सएप, यूट्यूब र टेलिग्रामलगायत समावेश छन्।

पाकिस्तानको दूरसञ्चार प्राधिकरणले सरकारको आदेशअनुसार सबै सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने आदेश दिएको छ ।

यी सोशल मीडिया सेवाहरूलाई शुक्रबार आज अस्थाईरुपमा प्रतिबन्ध गरिएको हो। तर यसको कारण भने उल्लेख गरिएको छैन् ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरणले विज्ञप्तीमार्फत सार्वजनिक आदेश र सुरक्षालाई ध्यानमा राखेर बन्द गरिएको उल्लेख गरेको छ।

यसअघि पनि पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध लागेर फुकुवा भएको थियो । पछिल्लो दिनमा पाकिस्तानले सोशल मीडियालाई कडाई गर्दै लगेको छ।

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...