नबिल बैंकको नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसनको सेवा शुभारम्भ

Technology Khabar २ बैशाख २०७८, बिहीबार

काठमाडौं ।

आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसन सुविधाको सुरुवात गरेको छ।

यस सुविधा अन्तर्गत अब ग्राहक महानुभावहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपद्वारा नै गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्ना ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ एवम् सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेबिट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया