इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

  • Technology Khabar | २६ चैत्र २०७७, बिहीबार
इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

काठमाडौं ।

डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने कम्पनी वर्ल्ड रेमिट र इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो ।

सम्झौतापछि वर्ल्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने “नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ । वल्र्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौँ ।”

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने “डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौँ । यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुने छ ।”

यसै गरी वर्ल्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रोमोकोड (WRNEPAL) प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वर्ल्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो । यो योजना सन् २०२१ को जुन ३० सम्म लागू हुनेछ ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार