
काठमाडौं ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन पेश हुँदैछ ।
संसदीय समितिबाट पास भएर बसेको सो विधेयकको प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले पेश गर्न लागेकी हुन् ।
तयार भयो सूचना प्रविधि ऐनको मस्यौदा, यस्तो छ ऐनमा समावेश विषयहरु
सो विधेयकको कतिपय दफामा सामाजिक सञ्जालमाथि अंकुश लगाउने व्यवस्था रहेको भन्दै संसदीय समिति भित्रै चर्को विरोधका बीच बहुमतिय आधारमा पारित गरिएको थियो ।
सो विधेयकले नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रलाई कुन्ठित गर्ने भन्दै विरोध विभिन्न पक्षबाट बिरोधसमेत हुँदै आइरहेको छ ।
प्रतिनिधि सभाको बैठक १ बजे बस्ने समय तालिका छ ।
यो पनि हेर्नुस्-
सामाजिक सञ्जाल बन्द नगरिएको मन्त्रालयको भनाई,सूचना प्रविधि विधेयकमा संसोधन दर्ता
प्रकाशित: २६ चैत्र २०७७, बिहीबार