ओपोको ब्याण्ड स्टाइल नेपाली बजारमा

  • Technology Khabar | २५ चैत्र २०७७, बुधबार
ओपोको ब्याण्ड स्टाइल नेपाली बजारमा

काठमाडौं ।

ओपोले आफ्नो नयाँ स्मार्टब्याण्ड ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा सार्वजनिक गरेको छ। गएको मार्च २३ मा न्यूरोडमा आयोजित आधिकारिक फस्र्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्री आरम्भ गरेको थियो ।

ओपो वाच सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइन अन्तर्गतको यो नयाँ उत्पादनहो ।

नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्यूअस् ब्लड अक्सिजन मोनिटरिङ फङ्शन पनि दिइएको छ । यसले सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य सुविधाजनक फङ्शन पनिउपलब्ध गराउँछ ।

डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१ ईञ्च फुल कलर एमोलेड स्क्रिन जडान गरिएको छ । प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याण्डको छनोट तथाप्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दूई आकर्षक स्ट्रयाप डिजाइन उपलब्धगरिएको छ ।

ओपो ब्याण्डमा कम्पनीले वाच फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ । ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दुई स्टाइलमा उपलब्ध गरिएको छ । त्यसैगरी, वाच फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहनाअनुसार छनोट गर्न सकुन् भन्ने सोचका साथओपो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ ।

प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्यूजिक प्लेब्याक नियन्त्रण तथाआफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् ।

ब्याट्रीको कुरागर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोसेसरको प्रयोग गरिएको छ । १००एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमा चार्ज हुन्छ ।

आकर्षक डिजाइन र उच्चकोटीको फिटनेश क्षमता सहितको यो ब्याण्डको नेपालीबजारमामूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...