केन्ट आरओले ल्यायो नयाँ वर्षको अफर, बम्पर उपहार होण्डा डियो

  • Technology Khabar | २५ चैत्र २०७७, बुधबार
केन्ट आरओले ल्यायो नयाँ वर्षको अफर, बम्पर उपहार होण्डा डियो

काठमाडौं ।

केन्ट आरओको नेपालका लागि आधिकारिक बिक्रेता ईओएल प्रालिले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ ।

‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔं केन्ट आर.ओ. सँग सहर्ष’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा लक्की ड्रमार्फत् हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा रेफ्रिजिरेटर, एउटा एलईडी टीभी र तीन ओटा गोदरेज भाइरोशिल्डका साथ–साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स स्कूटर जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ।

अफर अन्तर्गत चैत्र ८, २०७७ यता केन्ट आरओ खरिद गरेका ग्राहकहरूले मासिक र बम्पर लक्की ड्रमा भाग लिन सक्नेछन् । लक्की ड्रमा भाग लिन को लागि केन्ट आरओ(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सिरियल नम्बर टाइप गरेर ३७००१ मा एसएमएस पठाउनु पर्नेछ।

यो योजना चैत्र ८, २०७७ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार