सनराइज बैंकको सनराइज ई–कार्ड, विदेशी इकमर्स साइटमा खरिद गर्दा भुक्तानी गर्न सकिने

  • Technology Khabar | १६ चैत्र २०७७, सोमबार
सनराइज बैंकको सनराइज ई–कार्ड, विदेशी इकमर्स साइटमा खरिद गर्दा भुक्तानी गर्न सकिने

काठमाडौं ।

सनराइज बैंक लिमिटेडले सनराइज ई–कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्ड सञ्चालनमा ल्याएको हो।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका हुन् ।

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुविधा प्रदान गदै आएको छ । सो सुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सो ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिनेछ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सो ई–कार्ड प्रयोग गरि अनलाईनबाट प्रवाह हुने सुविधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जाल मार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्नेछन् ।

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार