टेन्सेन्ट म्यूजिकले बजारमा १ अर्ब डलर बराबरको आफ्नो शेयरहरु बाइब्याक गर्ने

  • Technology Khabar | १६ चैत्र २०७७, सोमबार
टेन्सेन्ट म्यूजिकले बजारमा १ अर्ब डलर बराबरको आफ्नो शेयरहरु बाइब्याक गर्ने

काठमाडौं ।

चीनको टेन्सेन्ट म्यूजिक इन्टरटेनमेन्ट ग्रुपले १ बिलियन डलरको शेयर पुन खरीद योजनाको घोषणा गरेको छ । यो सबभन्दा ठूलो बाइब्याक हुनेछ जून युएसए सेक्युरिटीज रेगुलेटरले अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध विदेशी कम्पनीहरूका लागि कडा कदमहरू अपनाउने बताएपछि आएको थियो।

“चिनियाँ म्यूजिक स्ट्रिमिङ्ग कम्पनीले मार्च २९ देखि १२ महिनाको अवधिमा अमेरिकी डिपोजिटरी सेयरको रूपमा आफ्नो क्लास ए साधारण सेयर १ अर्ब डलरसम्म किन्न सक्नेछ,’ एक विज्ञप्तिमा भनिएको छ।

अमेरिकी सेक्यूरिटी एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले संयुक्त राज्य अमेरिकाको लेखा परीक्षण मापदण्डको पालना गर्न असफल भएमा अमेरिकी एक्सचेन्जबाट विदेशी कम्पनीहरूलाई निकाल्ने बताएको छ। त्यसलगत्तै टेन्सेन्ट म्युजिकसहित दोहोरो सूचीबद्ध चिनियाँ कम्पनीहरुको सेयर गत हप्ता एकदमै गिरावट आएको छ। एजेन्सी

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...