नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबबीच एमओयू, ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबबीच एमओयू, ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले चैत १२ गते बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरे ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा यही चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना गरिनेछ । यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।

अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं पर्यटन सभापति शर्माले जानकारी दिए ।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...