अब एउटै स्क्रीनमा काम गर्दै एकभन्दा धेरै भिडियो हेर्न मिल्ने, यस्तो छ सजिलो तरिका

  • Technology Khabar | ११ चैत्र २०७७, बुधबार
अब एउटै स्क्रीनमा काम गर्दै एकभन्दा धेरै भिडियो हेर्न मिल्ने, यस्तो छ सजिलो तरिका

काठमाडौं ।

कम्प्युटर वा ल्यापटपमा काम गर्दै गर्दा तपाईँको मनपर्ने खेलकुद वा रियालिटी शो लाइभ आयो वा तपाईँलाई काम गर्दै भिडियो पनि हेर्दै गर्न मन लाग्यो भने तपाईँ के गर्नुहुन्छ?

सामान्यतया:एउटै स्क्रीनमा यी सबै कुरा गर्न सम्भव हुँदैन। यसका लागि कि त अर्को डिभाइस चाहिन्छ कि त एक पटकमा काम वा भिडियोमध्ये एउटामा मात्र ध्यान दिन सकिन्छ।

तर हालै मोजिलाले आफ्नो फायरफक्स प्रयोगकर्ताका लागि एउटै स्क्रीनमा काम गर्दै एउटा मात्र नभइ एकभन्दा धेरै अलग अलग भिडियोहरु हेर्न मिल्ने फिचर ल्याएको छ।

कसरी हेर्ने?

सबैभन्दा पहिले तपाईँको फायरफक्स ब्राउजरमा एउटा भिडियो प्ले गर्नुहोस्।

त्यसपछि भिडियोमा रहेको पीआईपी अर्थात् पिक्चर इन पिक्चर बटन थिच्नुहोस्। यो बटन थिचेपछि तपाईँको भिडियो सानो आकारको भएर स्क्रीनको एउटा कुनामा प्ले हुन थाल्छ।

यसपछि अरु भिडियो हरु पनि थप्न चाहेमा फायरफक्सको अर्को ट्याब खोल्नुहोस्। अर्को ट्याब खोल्दा पनि भिडियो त्यही कुनामा प्ले भइरहन्छ।

अरु भिडियोहरु पनि यसै गरी थप्दै जाने।

सामान्यतया एउटा स्क्रीनमा चारवटा सम्म भिडियो अटाउन सक्छ तर हामीले एकभन्दा धेरै भिडियो प्ले गर्दा सबैमा ध्यान दिन सकिँदैन। त्यसबाहेक स्क्रीन ढाकिएपछि त्यसमा काम गर्न पनि सकिँदैन वा व्यवहारिक हुँदैन। त्यसैले यो फिचर प्रयोगकर्ताले आफ्नो सुविधा र आवश्यकता अनुसार प्रयोग गर्न सक्छन्।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार