पाकिस्तानमा फेरी टिकटकमाथि प्रतिबन्ध लाग्यो, देशभित्र अश्लिलता फैलाएको आरोप

  • Technology Khabar | २९ फाल्गुन २०७७, शनिबार
पाकिस्तानमा फेरी टिकटकमाथि प्रतिबन्ध लाग्यो, देशभित्र अश्लिलता फैलाएको आरोप

काठमाडौं ।

पाकिस्तानले भिडियो शेयरिङ्ग एप टिकटकलाई पुन प्रतिबन्ध लगाएको छ । पाकिस्तानी प्रयोगकर्ताहरूले अब फेरी टिकटक हेर्न नपाउने भएका हुन् ।

पाकिस्तानले दोस्रो पटक बाइटडान्सको छोटो भिडियो प्लेटफर्ममा प्रतिबन्ध लगाएको छ। यस पटक आपत्तिजनक, अनैतिक, सामग्रीहरु भएको आरोप लगाउँदै प्रतिबन्धको निर्देशन दिईएको द भर्जले उल्लेख गरेको छ।

यसअघि पहिलो प्रतिबन्धमा एपलाई एक संक्षिप्त १० दिनको शटडाउन गरिएको थियो। गत बर्ष अक्टूबरमा ‘अनैतिकू र अभद्र’ भिडियो होस्ट गरेकोमा टिकटकलाई प्रतिबन्ध लगाइएको थियो, तर कम्पनीले पाकिस्तानी सरकारलाई सामाजिक मान्यता र पाकिस्तानका कानूनहरू पालना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो र सोहीअनुसार  मध्यस्थता हुनेछ भनेर पाकिस्तान सरकारलाई आश्वस्त पार्न सकेको थियो।

दोस्रो प्रतिबन्ध मार्च ११ बाट लागू भएको छ र सेवा प्रदायकहरूले टिकटक एपमा तुरून्त पहुँच रोक्न आवश्यक निर्देशन जारी गरिएको छ।

पाकिस्तान टेलिकम्युनिकेसन अर्थोरिटीले हालै पेशावर उच्च अदालतकाे आदेशअनुसार सबै सेवा प्रदायकहरुलाई तत्काल लागू हुनेगरेर टिकटकमा पहुँच रोक्न भनेको हो ।

उच्च  अदालतका  न्यायाधिशले टिकटकमा भएका सामग्रीहरु पाकिस्तानी समाजका लागि स्वीकार गर्न नसकिने किसिमका भएका भन्दै प्रतिबन्धको आदेश दिएका हुन् ।

प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...