
काठमाडौं ।
माइक्रो ब्लगिङ साइट ट्विटरमा कुनै सामग्री पोस्ट गरेपछि त्यसलाई एडिट गर्न मिल्दैन।
चिनियाँ प्रविधि अनुसन्धाता जेन मानचुङ वङका अनुसार ट्विटरमा छिट्टै अन्डु बटन आउने भएको हो। वङका अनुसार कम्पनीले अन्डु बटनका बारेमा आवश्यक आन्तरिक काम गरिरहेको छ।
Twitter is working on “Undo Send” timer for tweets pic.twitter.com/nS0kuijPK0
— Jane Manchun Wong (@wongmjane) March 5, 2021
यस बटनका मद्दतले ट्विटर प्रयोगकर्ताले आफ्ना सामग्री जानी नजानी भएको गल्तीलाई एक पटकका लागि सुधार्न सक्नेछन्।
यो बटन आएपछि प्रयोगकर्ताका लागि एडिट अप्शन उपलब्ध हुनेछ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ यो एडिट अप्शन केही सेकेन्डका लागि मात्र रहनेछ। त्यतिन्जेलमा एडिट नगरे यसले काम गर्ने छैन।
अन्तरराष्ट्रिय समाचार संस्था द भर्जका अनुसार अन्डु बटन क्लिक गरेपछि एउटा अप्शन आउँछ यसमा तपाईँले अन्डु गर्नका लागि कति सेकेन्ड पाउनुहुन्छ त्यो लेखिएको हुन्छ। तपाईँले तोकिएको समयभित्र अन्डु गरिसक्नु पर्दछ।
यसरी काम गर्छ अन्डु सेण्ड बटनले
यो बटन मेसेज सेन्ड गर्ने बित्तिकै आफैं आउँछ। यसका लागि अन्डु सेन्ड बटन कता छ भनेर खोजिरहनु पर्दैन। हरेक मेसेजको सेन्ड बटन थिचेपछि साइडमा निश्चित समयसहितको अन्डु बटन सुरु हुन्छ।
यदि ट्वीट गर्ने व्यक्तिलाई आफ्नो मेसेज ठिक छ र गल्ती गएको छैन भन्ने लागेमा अन्डु सेन्ड बटनति ध्यान दिनु पर्दैन। तर मेसेज सेन्ड गरिसकेपछि अर्थात् सामग्री पोस्ट गरिसकेपछि तुरुन्तै केही गलत गएको र सच्याउनुपर्छ भन्ने लागेमा अन्डु बटनमा काउन्टडाउनमा आइरहेको समय नसकिँदै क्लिक गर्नुपर्छ।
तर यसमा रहेको समय सकिइसकेपछि क्लिक गरिएमा भने एडिट गर्न सकिँदैन। ट्वीट नै डिलिट गर्नुपर्ने हुन्छ।
यसका लागि कति समय तोकिनेछ भन्ने यकिन भइसकेको छैन। तर रिपोर्टहरुमा आए अनुसार हेर्दा यो अप्शनका लागि ३० सेकेण्ड समय दिइने आकलन गर्न सकिन्छ।
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार