
काठमाडौं ।
हालसम्म सञ्चार सुविधा नपुगेका भारतसँग सीमा जोडिएका दाङका केही क्षेत्रमा ६ महिनाभित्र सञ्चार सुविधा पुग्ने भएको छ।
अहिलेसम्म भारतीय मोबाइलको सिम मात्रै चल्ने यो क्षेत्रमा नेपाल टेलिकमले मोबाइल टावर राख्ने तयारी गरेपछि सीमावर्ती नेपाली भू–भागमा आशा पलाएको राजपुर गाउँपालिका वडा नं. ७, भौवा नाकाका स्थानीय श्यामबहादर झाँक्रीले बताए ।
नेपाल टेलिकम तुलसीपुरका प्रमुख हरि खनालका अनुसार राजपुर गाउँपालिकाको वडा नं. १, पटौली नाकाको देउराली डाँडा, वडा नं. ६, खाङ्ग्राको गरुल भीरमा र वडा नं. ७ को भौवा नाकाको स्याले डाँडामा टावर राख्ने तयारी भइरहेको छ । गोरखापत्रबाट
प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार