लामो समयसम्म कम्युटरमा काम गर्नुहुन्छ, त्यसोभए तपाईँलाई ‘कार्पल टनल सिन्ड्रोम’ समस्या हुनसक्छ

  • Technology Khabar | १८ फाल्गुन २०७७, मंगलवार
लामो समयसम्म कम्युटरमा काम गर्नुहुन्छ, त्यसोभए तपाईँलाई ‘कार्पल टनल सिन्ड्रोम’ समस्या हुनसक्छ

काठमाडौं ।

लामो समयसम्म कम्युटरमा बसेर काम गर्दा सामान्यताः हात, कम्मरमा समस्या आउँछ । निरन्तर कम्युटरमा काम गर्दा धेरै कम्युटर स्क्रिनमा हेर्ने गर्दा आँखा, हड्डी र शरीरका मांशपेशीमा पनि समस्या पुग्छ।

कम्युटरमा लगातार काम गर्दा कार्पल टनल सिन्ड्रोम (carpal tunnel syndrome) को समस्या समेत आउनसक्छ। यो समस्या हात र नाडीमा हुने दुखाई हो । ८ देखि ९ घण्टासम्म निरन्तर काम गर्दा हुने अर्को समस्या सर्भाइकल स्पोन्डिलोसिस हो । अनुसन्धानका अनुसार इन्टरनेतको लत, सामाजिक सञ्जालको प्रयोग र निरन्तर कामको दबाबका कारण नै यस्ता समस्याहरु पैदा हुन्छ ।

भारतको नेशनल विमेन्स हेल्थ इन्फोर्मेशन सेन्टरले गरेको एक अनुसन्धानका अनुसार कार्पल टनल सिन्ड्रोमको जोखिमको कारण कम्युटरमा बसेर गरिने तिनै गतिविधिहरु हुन् ।

हात र नाडीमा हुने दुखाई अर्थात कार्पल टनल सिन्ड्रोम भएमा औषधि खानुपर्ने चिकित्सकहरु बताउँछन् । कार्पल टनल हड्डी र नाडीमा हुने समस्या हो । यो औंलाहरु, माझी औंला र चौँथो औंलासँग जोडिएको हुन्छ । यसमा औंलाहरु सुन्निने, कमजोरी हुने, झन्झनाउने गर्छ । यसले गर्दा हातले काम गर्न निकै गाह्रो हुन्छ। र कमप्युटरमा काम गर्न सकिँदैन् ।  एजेन्सी

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार