‘पुलिस क्लियरेन्स रिपोर्ट’ अब अनलाइनमार्फत नै लिन सकिने

  • Technology Khabar | १७ फाल्गुन २०७७, सोमबार
‘पुलिस क्लियरेन्स रिपोर्ट’ अब अनलाइनमार्फत नै लिन सकिने

काठमाडौं ।

वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि ‘पुलिस क्लियरेन्स रिपोर्ट’ का रूपमा चिनिने चालचलनको कागजातका लागि अब प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।

नेपाल प्रहरीले आइतबारबाट अनलाइनमार्फत चालचलनको कागज उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।

सेवाग्राही निवेदक स्वयंले ए–फोर साइजको स्तरीय कागजमा रङ्गीन प्रिन्ट गरी प्रहरी रिपोर्ट लिन सक्ने छन् प्रहरी रिपोर्ट लिनका लागि आवेदन फर्म पनि अनलाइनबाट भर्नुपर्ने छ । त्यसका लागि आवश्यक कागजपत्रको स्क्यानिङ फोटोकपी आवेदन फर्मसँगै प्रस्तुत गरी पठाएको २४ घण्टामा पुलिस रिपोर्ट प्राप्त हुनेछ ।

प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग चालचलन शाखाका अनुसार अनलाइनबाट प्राप्त रिपोर्टमा परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरणको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्तहरूमा गरी दैनिक करिब दुई हजार पाँच सयदेखि तीन हजार आवेदन पर्ने गर्छन् ।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार