साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक किशोर पक्राउ

  • Technology Khabar | १६ फाल्गुन २०७७, आईतवार
साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक किशोर पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीका एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ बसोबास गर्दै आएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरेको हो।

उनले फेसबुक पेज खोलेर पेजको म्यासेन्जरबाट कुराकानी गर्ने गरेका थिए। उनले प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकहरूलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको साइबर ब्यूरोले उल्लेख गरेकोछ।

ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नविन अर्यालकाअनुसार पोख्रेललाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

पोख्रेलले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...