Technology Khabar ११ फाल्गुन २०७७, मंगलवार
काठमाडौं ।
दुई वर्षअघिसम्म विश्वको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड रहेको ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कटौती गर्ने भएको छ ।
निकेई एसियाको अनुसार चिनियाँ टेक जायन्ट ह्वावेले यो वर्ष ७० देखि ८० मिलियन स्मार्टफोनहरुलाई पुग्ने सामाग्री मात्रै अर्डर गर्ने सप्लायरहरुलाई बताएको थियो। आपूर्तिकम गरेसँगै कम्पनीले आफ्नो उत्पादनलाई ६० प्रतिशतले घटाउनेछ ।
सन् २०२० मा कम्पनीले १८ करोड ९०ला स्मार्टफोन ढुवानी गरेको थियो भने कम्पनीले सन् २०१९ मा २४० मिलियन स्मार्टफोन ढुवानी गरेको थियो ।
अमेरिकी प्रतिबन्धपछि ह्वावे स्मार्टफोन व्यवसायमा समस्यामा पर्दै आएको छ । कम्पनीले गुगलको सेवाहरु प्रयोग गर्न नपाएपछि आफ्नो इकोसिस्टम विकास गरिरहेको छ।
हाल कम्पनी स्मार्टफोन व्यवसाय भन्दा बाहिर गएर ५जीका सेवा र उत्पादनहरुमा ध्यान केन्द्रित गरिरहेको छ ।
ह्वावेले यो वर्ष गेमिङ सेक्टरमा पनि ध्यान दिने बताएको छ । ह्वावेले पहिला गेमिङ ल्यापटप र त्यसपछि गेमिङ कन्सोल सार्वजनिक गर्ने यसअघि नै रिपोर्ट आईसकेको छ । एजेन्सीका साथ
प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार