टिकटकले अप्रमाणित सामग्रीहरु सेयर गरेमा प्रयोगकर्तालाई चेतावनी दिने

  • Technology Khabar | २२ माघ २०७७, बिहीबार
टिकटकले अप्रमाणित सामग्रीहरु सेयर गरेमा प्रयोगकर्तालाई चेतावनी दिने

काठमाडौं ।

भिडियो शेयरिङ प्लेटफर्म टिकटकले अब भ्रामक जानकारी सेयर गरेमा प्रयोगकर्तालाई सचेत गराउने भएको छ । हाल तथ्यजाँच सामग्री अधिकांश सामाजिक मिडिया कम्पनीहरूको लागि प्रमुख फोकस भएको छ र टिकटकले अब नयाँ प्रम्प्ट प्रणाली बाहिर ल्याउँदैछ । यसमा तपाईलाई चेतावनी दिनेछ जब तपाईं आफ्नो साथीहरूसँग अप्रमाणित सामग्रीहरु साझेदारी गर्न लाग्नुहुन्छ।

यी प्रम्प्ट्स भिडियो सामग्रीमा देखा पर्नेछ जुन टिकटकको साझेदार वेबआधारित तथ्य जाँच्ने प्लेटफर्महरू पोलिटिफ्याक्ट, लिड स्टोरिज र साइभेरीफाईलेले पुष्टि गर्न सक्दैनन्।

टिकटककाअनुसार यो तथ्यजाँच विशेष गरी तिनिहरुलाई उपयोगी हुनेछ जसले आफ्नो अन्तिम राय घोषणा गर्नु अघि खुला इभेन्टहरूको समयमा धारणा राख्नेछन्।

जब तपाईं एक भिडियो पुनः सेयर गर्नको लागी असहमत मानिएको सामग्रीको साथ साझा गर्ने कोशिस गर्नुहुन्छ, उनीहरूको स्क्रिनको माथि सेतो सावधानी प्रम्प्ट देख्नुहुनेछ।

तपाईं अझै भिडियो सेयर गर्न सक्षम हुनुहुनेछ तर टिकटककाअनुसार यी प्रम्प्टको लक्ष्य भनेको तपाईंले यो सेयर गर्नु अघि दुई पटक सोच्नुस भन्ने हो।

सामाग्री सिर्जनाकर्ताले पनि टिकटकबाट एक चेतावनी प्राप्त गर्ने छ यदि उनीहरूको सामाग्री अप्रमाणित भएको भन्दै फ्ल्याग लगाइएको छ भने यी भिडियोहरूलाई तपाईंको फिडको लागि अनुमति दिँदैन र यो एपको ल्याण्डिङ्ग पेजमा मात्र हुनेछ ।

बीटा परीक्षणको आधारमा टिकटकले २४ प्रतिशत भ्रामक जानकारीहरु सेयर गर्ने क्रम घटेको उल्लेख गरेको छ । एजेन्सी

प्रकाशित: २२ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...