नेपाल टेलिकमको सम्पूर्ण कार्यालयहरु भोली बिदा, १७ औं वार्षिकोत्सव मनाउँदै

  • Technology Khabar | २१ माघ २०७७, बुधबार
नेपाल टेलिकमको सम्पूर्ण कार्यालयहरु भोली बिदा, १७ औं वार्षिकोत्सव मनाउँदै
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले भोली माघ २२ गते वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द हुने जानकारी दिएको छ।

कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै भोली आफ्नो वार्षिकोत्सवको अवसर परेको हुँदा सम्पूर्ण कार्यालयहरु बन्द रहने जानकारी दिएको हो ।

कम्पनीले माघ २२ गते आफ्नो १७ औं वार्षिकोत्सव मनाउँदै छ ।

टेलिकमकाअनुसार रिचार्ज कार्ड, एमपोस सिम बितरण लगायतका सेवाहरु भने यथावत नै हुने जनाएको छ ।

यसबाट ग्राहकहरुलाई पर्ने असुबिधाप्रति क्षमा समेत मागेको छ।

प्रकाशित: २१ माघ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...