Technology Khabar १८ माघ २०७७, आईतवार
काठमाडौं ।
ह्वाट्सएप केहि समयदेखि चर्चामा रहेको छ । यस इन्स्ट्यान्ट मेसेजिङ्ग एपसँग सम्बन्धित अब अर्को खबर आएको छ।
रिपोर्टअनुसार एक खतरनाक भाइरस (मालवेयर) यस एपमार्फत फैलँदैछ। यो मालवेयर वा भाइरस यति खतरनाक छ कि यो तपाईंको स्मार्टफोनमा इन्स्टल भएपछि, यसले तपाईंको सम्पर्क सूचीमा भएका मानिसहरुलाई स्वचालित सन्देशहरू पठाएर उनीहरूलाई पनि शिकार बनाउँदछ।
ह्वाट्सएपको भाइरसलाई ‘वार्म’ मालवेयर भनिने छ । टेक सुरक्षा फर्म ईसेटका सुरक्षा अनुसन्धानकर्ता लुकास स्टेफान्कोले एक भिडियो ट्वीट गरेर ह्वाट्सएपको यस खतरनाक भाइरसको बारेमा खुलासा गरेका छन्। विशेष गरी एन्ड्रोइड प्रयोगकर्ताहरू यस खतरनाक भाइरसको शिकार भइरहेका छन्।
सुरक्षा अन्वेषकले आफ्नो भिडियोमा भने कि यो भाइरसको कारण, ह्वाट्सएपमा आउने नोटिफिकेसन स्वचालितरूपमा अन्यलाई जान्छ। रिप्लाइमा ह्वावे मोबाइल एपको लिंकसहित पठाइन्छ। यो भाइरसले तपाईँको सम्पर्कका मानिसहरुलाई एक घण्टामा एक पटक लिंक पठाउँदछ। अनुसन्धानकर्ताकाअनुसार यो एडवेयर वा सब्सक्रिप्सन स्क्याम हुन सक्छ।
Android WhatsApp Worm?
Malware spreads via victim's WhatsApp by automatically replying to any received WhatsApp message notification with a link to malicious Huawei Mobile app.
Message is sent only once per hour to the same contact.
It looks to be adware or subscription scam. https://t.co/NYbh2A9Y6M pic.twitter.com/2tFgLyG94O— Lukas Stefanko (@LukasStefanko) January 21, 2021
तपाईं कसरी प्रभावित हुन सक्नुहुन्छ ?
अनुसन्धानकर्ताकाका अनुसार यो मालवेयर एन्ड्रोइड वार्मको एक प्रकार हो। यसले तपाइँको स्मार्टफोनमा एडवेयर अपलोड गर्ने र ह्वाट्सएपमा स्वचालित सन्देशको माध्यमबाट फैलन्छ। यस अवस्थामा, यदि तपाईंले यो मालवेयर लिंक फेला पार्नुभयो र तपाईंले यसमा क्लिक गर्नुभयो भने, यो पहिले तपाईंको फोनमा डाउनलोड हुन्छ। यसपछि, जोसँग तपाईंले ह्वाट्सएप मेसेज गर्नुहुन्छ त्यसलाई लिंक स्वचालित रूपमा जान्छ। यस प्रकारले भाइरस फैलिँदै जानेछ।
ह्याकर्सले यस मालवेयरको साथ ह्वावे मोबाइल एपको नाम जोडेका छन्। मेसेजमा एपलाई डाउनलोड गर्न लिंकमा क्लिक गर्न भनिएको छ। साथै, सन्देशमा फोन पनि जित्ने भनिएको छ। यस तरीकाबाट, प्रयोगकर्ताहरू फोन पाउने लोभमा पर्दछन् र लिंकमा क्लिक गर्दछन् । त्यसपछि उनीहरु ह्याकर्सको निशानामा आउँछन्।
प्रकाशित: १८ माघ २०७७, आईतवार