एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुबई भ्रमण गर्ने मौका

  • Technology Khabar | १६ माघ २०७७, शुक्रबार

काठमाडौं ।

नेपालकै पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिपले नयाँ अफर सार्वजनिक गरेको छ । एक्सलट्रिप नेपालको मोबाइल एप डाउनलोड गरी एक भाग्यशाली प्रयोगकर्ताले निःशुल्क दुबईको ४ रात ५ दिनको टुरमा जाने मौका पाउनेछन् ।

आन्तरिक पर्यटनलाई चलायमान बनाउन देश तथा विदेश दुवै ठाउँमा प्रचार गरिरहेको एक्सलट्रिपले जनाएको छ।

यस पटक, एक्सलट्रिपले उपभोक्ताको लागि निःशुल्क दुबई यात्राको अफर ल्याएको छ । यो अफरमा संलग्न हुन प्रयोगकर्ताले एक्लसट्रिपको मोबाइल एप डाउनलोड गरि आफ्नो ब्याक्तीगत बिवरण सहित आफ्नो खाता रजिष्टर गर्नु पर्नेछ ।

डाउनलोड गरिएको मोबाइल एप्सको स्क्रिनसट गरी एक्सलट्रिप नेपाललाई मेन्सन गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्नेछ।

यस अफर अन्तर्गत २०७८ वैशास २ गतेसम्म सहभागीहरुबाट भाग्यशाली बिजेताले २०७८ को नयाँ वर्ष दुबाइमा मनाउने अवसर प्राप्त गर्नेछन्।

एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (प्रभु पे, इसेवा, फोन पे) लगायत मोबाइल बैकिङ एप र सम्पुर्ण बैंक कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिने जनाएको छ।

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार