शालीनदीमा अब डिजिटल क्यूआर कोड माध्यम भेटी दान गर्न सकिने

  • Technology Khabar | १६ माघ २०७७, शुक्रबार
शालीनदीमा अब डिजिटल क्यूआर कोड माध्यम भेटी दान गर्न सकिने

काठमाडौं ।

प्रसिद्ध धार्मिकस्थल शालीनदीमा अब डिजिटल ‘क्यूआर कोड’ माध्यम भेटी दान गर्न सकिने भएको छ । माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्षको मेलालाई लक्षित गर्दै धार्मिकस्थलमा डिजिटल दान प्रणालीको व्यवस्था गरेको हो ।

समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा धार्मिकस्थल परिसरमा डिजिटल, क्यूआर कोड स्क्यानरको व्यवस्था गरेको छ । ईसेवासँगको सहकार्यमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले समितिलाई उक्त क्युआर कोड उपलब्ध गराएको हो ।

उक्त कोर्ड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट समितिमा सहयोग गर्न सकिने संस्थाले जनाएको छ ।

योसँगै अब समितिलाई आर्थिक सहयोग गर्न चाहने जो कोही भक्तजनले डिजिटल माध्यमबाट सहयोग रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

आयोजक समितिले समेत सहयोग गर्न चाहने ब्रतालु भक्तजनहरुलाई नगद भन्दा डिजिटल माध्यमबाटै सहयोग गर्न अनुरोध गरेको छ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने सालीनदी मेलाको विधिवत रुपमा शुरुवात भएको छ ।

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १६ माघ २०७७, शुक्रबार