राष्ट्रिय बाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व अब वालेटबाटै तिर्न सकिने

  • Technology Khabar | १० माघ २०७७, शनिबार
राष्ट्रिय बाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व अब वालेटबाटै तिर्न सकिने

काठमाडौं ।

राष्ट्रिय बाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै तिर्न सकिने भएको छ।

बैंकले हालै त्यसको लागि नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) तथा आइएमइपे, खल्ती, प्रभुपे र नेपाल पेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायकहरू (पिएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको हो।

यसअनुसार वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट उप कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरियाले हस्ताक्षर गरे।

यसैगरी, आइएमइ डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पेटाईमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराइले हस्ताक्षर गरे।

महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पिएसपीहरु मार्फत् पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको बैंकले जनाएको छ।

यस्तो सहकार्यले सरकारको डिजिटलाईजेसनको पहललाई थप टेवा पुर्याएर राजस्व संकलन विद्युतिय माध्यमबाट गर्न थप प्रबर्द्धन गर्ने विश्वास गरिएको छ।

प्रकाशित: १० माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार